म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा प्रगतिशील दलित मंचको आयोजनामा सहयोगार्थ देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ। गत कार्तिक १७ गतेदेखि १९ गतेसम्म चलाइएको देउसीभैलो कार्यक्रममा संकलित रकममध्ये १ लाख रुपैयाँ प्रगतिशील दलित मंचको निर्माणाधीन RCC भवनको निर्माणमा खर्च गरिने अध्यक्ष राम सीले जानकारी दिएका छन्।

सहभागितामा रहेको देउसीभैलो कार्यक्रमबाट १,२०,००० (एक लाख बीस हजार) रुपैयाँ संकलन भएको थियो। शनिबार आयोजित पुरस्कार वितरण समारोहमा सबैभन्दा बढी आर्थिक सहयोग गर्ने किस्मत बिकलाई सम्मान गरिएको छ। विकले देउसीभैलोमा ३,१५० रुपैयाँको योगदान गरेका थिए।

देउसीभैलो कार्यक्रममा सहभागी विद्यार्थी कलाकारहरूलाई कापी, कलम लगायतका स्टेशनरी सामग्रीहरू प्रदान गरियो। साथै, लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरूलाई आवश्यक तयारी पुस्तकहरू पनि वितरण गरिएका थिए।

कार्यक्रम प्रगतिशील दलित मंचका सल्लाहकार वीर विकको अध्यक्षतामा सम्पन्न भयो, जहाँ समाजसेवा युवा क्लबका संस्थापक सदस्य गोबिन्द किसानको विशेष आतिथ्यतामा सुस्मिता बिकले संचालन गरेकी थिइन्। प्रमुख अतिथि अध्यक्ष राम सीले आफ्नो मन्तव्यमा भवन निर्माणका लागि हालसम्म ५ लाख रुपैयाँको बजेट छुट्याइएको भए पनि सो रकम अपुग भएको र देउसीभैलोबाट संकलित रकमले थप सहयोग पुग्ने बताए।

उनले थपे, “यसपाली देउसीभैलो कार्यक्रमको व्यवस्थापन र खर्चमा १०,००० रुपैयाँ र विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गर्न १०,००० रुपैयाँ बराबर खर्च भएको छ।” उनले देउसीभैलो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय