नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीद्वारा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता

म्याग्दी, – नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत विभिन्न शिक्षण संस्थाहरूमा नयाँ इकाई समितिहरू गठन गरेको छ। यस अभियानले विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। संघले विद्यार्थी नेतृत्वलाई प्रभावकारी बनाउँदै उनीहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।

म्याग्दी बहुमुखी क्याम्पस इकाई समिति गठन

नेपाल मगर विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा अविसरा पुन मगर चयन हुनुभएको छ। उपाध्यक्षमा अजय शेर्पुन्जा, सचिवमा अलिशा पुन मगर, सह-सचिवमा प्रमिसा पुन मगर, तथा कोषाध्यक्षमा अन्जिता पुन मगर चयन हुनुभएको छ। ११ सदस्यीय यस इकाई समितिले विद्यार्थी हकहित संरक्षण र समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। नव-निर्वाचित सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।

म्याग्दी बहुमुखी क्याम्पस कक्षा ११ र १२ इकाई समिति गठन

नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले म्याग्दी बहुमुखी क्याम्पस कक्षा ११ र १२ का विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नयाँ समिति गठन गरेको छ। अध्यक्षमा अनिल पाईजा चयन हुनुभएको छ भने उपाध्यक्षमा सजिना राम्जाली मगर, सचिवमा करिश्मा रोका मगर, सह-सचिवमा नेत्र फगामी मगर, तथा कोषाध्यक्षमा ट्रिना पाईजा मगर चयन हुनुभएको छ। यस समितिले विद्यार्थीहरूको अधिकार संरक्षण, शैक्षिक वातावरण सुधार, तथा नेतृत्व विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय इकाई समिति गठन

नेपाल मगर विद्यार्थी संघ म्याग्दीले बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयमा ११ सदस्यीय इकाई समिति गठन गरेको छ। अध्यक्षमा थजिन शेर्पुन्जा मगर, उपाध्यक्षमा कृत्रिका थापा मगर, सचिवमा रोहित शेर्पुन्जा मगर, सह-सचिवमा सिजल चोचाङ्गी पुन मगर, तथा कोषाध्यक्षमा कृति पुन मगर (सरस्वती) चयन हुनुभएको छ। यस इकाईले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा संलग्न गराउने तथा नेतृत्व विकासको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय इकाई समिति गठन

नेपाल मगर विद्यार्थी संघ म्याग्दीले माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा रविन रोका मगरको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरेको छ। उपाध्यक्षमा युना थापा मगर र दिया पाईजा मगर, सह-सचिवमा हिकेन गर्बुजा मगर, अनिश थजाली मगर तथा कोषाध्यक्षमा अन्जु गर्बुजा मगर चयन हुनुभएको छ। यस समितिले विद्यार्थीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक तथा शैक्षिक गतिविधिहरूमा सक्रियता देखाउने लक्ष्य राखेको छ।

लिटल गार्डेन एकेडेमी आवासीय माध्यमिक विद्यालय इकाई समिति गठन

नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत लिटल गार्डेन एकेडेमी आवासीय माध्यमिक विद्यालयमा प्रशान पुन मगरको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरेको छ। उपाध्यक्षमा सोफिया पुन, सचिवमा दिप्सन थजाली, सह-सचिवमा दिक्षा शेर्पुन्जा, तथा कोषाध्यक्षमा दिया गर्बुजा चयन हुनुभएको छ। यस इकाई समितिले विद्यार्थी हकहित संरक्षण, नेतृत्व विकास, तथा शैक्षिक गतिविधि प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको छ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले गठन गरिएका सम्पूर्ण इकाई समितिहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता विकास, शैक्षिक सुधार, तथा विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय