म्याग्दीको मंगला शिक्षा क्याम्पसमा प्राध्यापक र विद्यार्थीहरूको गतिविधि विवादास्पद बनेको छ। गण्डकी प्रदेशका सांसदसहित विभिन्न व्यक्तिहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्व. बि. यु.) को निर्वाचन सफलतापूर्वक सम्पन्न भएको राति क्याम्पसको छात्रावासमा केही आपत्तिजनक गतिविधिहरू देखिएको भन्दै अभिभावक, विद्यार्थी तथा राजनीतिक व्यक्तित्वहरूले कडा प्रतिक्रिया दिएका छन्।

सांसदको प्रतिक्रिया

गण्डकी प्रदेश सांसद रेशम जुग्जाली सुविनले सामाजिक सञ्जालमार्फत क्याम्पस प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्। जुग्जाली लेख्छन्, “यो क्याम्पस प्रमुखको गतिविधि नजिकबाट हेरिएको छ, यदि उनी छिटो बाटो तताउने वा राजीनामा दिने पक्षमा छैनन् भने चारपाटे मुण्डन गरेर हटाउनु पर्छ। आर्थिक हिनामिनासमेत भएको आशंका छ।”

त्यस्तै, श्रिराम पौड्यालले सामाजिक सञ्जालमा लेख्दै भने, “यस्तो छात्रावासमा छोराछोरीलाई राखेर पढाउन कसरी सकिन्छ? संगठन निर्माण भन्दै करकाप र बाध्यतामा पारेर अभिभावकहरूको मञ्जुरीबिना यस्ता गतिविधि हुनु गलत हो।”

सामाजिक सञ्जालमा आलोचना

घटनाप्रति असन्तुष्टि जनाउँदै विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा क्याम्पस प्रशासन, प्राध्यापक तथा सम्बन्धित निकायलाई प्रश्न गरेका छन्।

दिनेश जंग कटवाल भन्छन्, “जनताले तिरेको करबाट तलब बुझ्ने शिक्षकहरू राजनीतिक दलको पक्षपोषण गर्दै गोठालो बस्न थाले भने शिक्षा प्रणाली नै बिग्रन्छ।”

विद्यार्थी तथा अभिभावकको चिन्ता

क्याम्पसमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू आफ्नो सन्तानको सुरक्षाका विषयमा चिन्तित बनेका छन्।

रेक बहादुर पुन लेख्छन्, “बाबुआमाले दुःख गरेर पढ्न पठाएको क्याम्पसमा यस्तो गतिविधि हुनु दुःखद हो। विद्यार्थीले अध्ययनभन्दा बाहिरका क्रियाकलापमा संलग्न हुनु शिक्षा प्रणालीकै लागि खतरा हो।”

क्याम्पस प्रशासनको प्रतिक्रिया

यस विषयमा मंगला शिक्षा क्याम्पसका प्रमुख पितम खत्रीले स्पष्टिकरण दिँदै भने, “कसैको व्यक्तिगत चाहाना वा इच्छाबाहिर गएर गरिएको गतिविधिको जिम्मेवारी क्याम्पस प्रशासनले लिँदैन। यदि कसैलाई कुनै गुनासो छ भने, क्याम्पस प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय