म्याग्दी, जेठ १८ – म्याग्दीको रघुगंगा १ बेगकी २४ वर्षीया अस्मी किसान २०८२ साल जेठ ११ गते शनिवारदेखि बेपत्ता भएकी छन्।

गहुँगोरो अनुहार, झण्डै ५ फिट ३ इन्च उचाइकी अस्मी सो दिन बिहानदेखि सम्पर्कविहीन भएको श्रीमान् किस्मत किसानले जानकारी दिएका छन्।

परिवारका अनुसार सम्भव भएका सबै स्थानमा खोजी कार्य गरिए पनि अहिलेसम्म अस्मीको कुनै अत्तोपत्तो लाग्न सकेको छैन। यस घटनाबारे जिल्ला प्रहरी कार्यालय, म्याग्दी बेनीमा समेत जाहेरी दिइएको छ।

“एक हप्तासम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि अब हामी मिडियामार्फत जनसमुदायको सहयोगको अपिल गर्दैछौं,” किस्मत किसानले भने।

यदि अस्मी किसानलाई कतै देख्नुभएमा वा उहाँबारे कुनै जानकारी भएमा, नजिकको प्रहरी कार्यालय वा किसान परिवारलाई तुरुन्त खबर गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय