मंगला–२ कोत्रवाङ्गबाट बेपत्ता भएकी अस्मी किसान म्याग्दीको मुदीमा फेला
June 3rd, 2025
म्याग्दी, जेठ १८ – म्याग्दीको रघुगंगा १ बेगकी २४ वर्षीया अस्मी किसान, जो २०८२ साल जेठ ११ गते शनिवारदेखि बेपत्ता भएकी थिइन्, धौलागिरी गाउँपालिका–४, मुदीमा सोमबार सकुशल फेला परेकी छन्।
गहुँगोरो अनुहार र झण्डै ५ फिट ३ इन्च उचाइ भएकी अस्मीको अवस्था सामान्य रहेको जनाइएको छ।
अस्मी किसान विगत एक हप्ता सम्पर्कविहीन रहेकी थिइन्। परिवारले विभिन्न स्थानमा खोजी गरे तापनि सफलता मिलेको थिएन। जिल्ला प्रहरी कार्यालय, म्याग्दी बेनीमा समेत जाहेरी दिइएको थियो।
फेला परेपछि अस्मी किसान सुर्योदय न्युजको नियमित सम्पर्कमा रहेकी छन्। परिवार र प्रहरीलाई समेत खबर गरिएको छ।
सुर्योदय न्युज सबैलाई यो जानकारी गराउँदै, सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छ।