रूसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन्। बीबीसीका अनुसार, यो घटनाको पुष्टि रूसको अनुसन्धान समितिले गरेको हो।

रोचक रूपमा, उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार नै मन्त्री पदबाट हटाएका थिए, तर बर्खास्तीको कारण खुलाइएको थिएन। उनलाई हटाएलगत्तै उप यातायात मन्त्री आन्द्रेई निकितिनलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गरिएको थियो।

अनुसन्धान समितिले स्टारोभोइटको मृत्युलाई लिएर अनुसन्धान सुरु भएको जानकारी दिएको छ।

स्टारोभोइटलाई मे २०२४ मा यातायात मन्त्री नियुक्त गरिएको थियो। त्यसअघि उनी करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रका गभर्नरका रूपमा कार्यरत थिए।

स्टारोभोइटको बर्खास्ती र त्यसपछि भएको मृत्युलाई लिएर पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग प्रश्न गरेका थिए— ‘के कुर्स्कमा भएका घटनाका कारण राष्ट्रपति पुटिनले स्टारोभोइटप्रति विश्वास गुमाए?’

जवाफमा पेस्कोभले भने, “यदि राष्ट्रपति पुटिनले विश्वास गुमाएका भए, त्यो कुरा आदेशमै स्पष्ट रूपमा उल्लेख हुनेथियो। तर त्यस्तो कुनै शब्द प्रयोग गरिएको छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय