बेनी (सूर्योदय न्युज):
नवलपरासी पल्हिनन्दन गाउँपालिका सनई स्थायी घर भई हाल म्याग्दीको जलजला गाउँपालिका–३, गुफाटोलमा बसोबास गर्दै आएका २४ वर्षीय सोनु विश्वकर्मा मिति २०८२ साउन ६ गते (मंगलवार) साँझदेखि बेपत्ता भएका छन्।

उनी सोही दिन साँझ ८:४५ बजे बेनीको संगमचोकस्थित हिरा साउन्ड एण्ड भिजनबाट घर फर्किने क्रममा भाइरल रोड (म्यादी जेसिस भवनतिर) हिँडेका थिए। त्यसपछि हालसम्म सम्पर्कविहीन छन्।

बेपत्ता व्यक्तिको हुलिया:
– गहुँगोरो वर्ण, करिब ५ फिट २ इन्च उचाइ
– कालो कपाल
– कालो टिसर्ट, कालो पाइन्ट, कालो चप्पल
– हातमा कालो घडी

बेपत्ता सोनु विश्वकर्माको खोजी कार्यमा सहयोग गर्नका लागि सुरक्षानिकायसँग सम्पर्क भइसकेको छ भने सामाजिक सहयोगको आवश्यकता रहेको परिवारले जनाएको छ
सोनुका परिवार, सहकर्मी र आफन्तहरू अत्यन्त चिन्तित छन्।

कसैले देख्नु, भेट्नु वा सम्बन्धित जानकारी पाउनु भएको खण्डमा
नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा तल दिइएका नम्बरहरूमा जानकारी दिन हार्दिक अनुरोध गरिएको छ:

📞 9763271882
📞 9840167530

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय