बेनी (म्याग्दी)। बेनी नगरपालिका कार्यपालिकाको कार्यालयद्वारा जारी गरिएको आधारभूत तह परीक्षा (BLE) को ग्रेडसिटमा भाषिक त्रुटि भएको भन्दै विद्यार्थी प्रविन सुबेदीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्।

सुबेदीका अनुसार, ग्रेडसिटमा “Office” शब्दलाई गलत रूपमा “Offoce” लेखिएको छ। यो त्रुटिलाई उनले “नगरपालिकाको ठुलो गल्ती” भन्दै तत्काल सुधार गर्न माग गरेका छन्।

उनले यसअघि पनि आफ्ना बाबुको नाम गलत छापिएको अनुभव सुनाउँदै, यस्तो दोहोरिएको लापरबाहीले विद्यार्थी र नागरिकलाई असुविधा मात्र नभई प्रशासनको विश्वसनीयतामा प्रश्न उठाउने बताएका छन्।

सुबेदीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यो सानो गल्ती जस्तो देखिए पनि, आधिकारिक कागजातले संस्थाको प्रतिष्ठा झल्काउँछ। यस्ता त्रुटिहरू सार्वजनिक हुनु अघि नै सच्याउनुपर्छ।”

यसबारे नगरपालिका पक्षले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय