म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३, राखु रानीपौवा निवासि ६८ वर्षीय तप्त बहादुर कार्की फोक्सोको क्यान्सरबाट पीडित भई हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन्।
दिर्घ समयदेखि बिरामी रहँदै आएका कार्कीको स्वास्थ्य अवस्था जटिल भएपछि परिवारले सकेसम्म रकम खर्च गरेर उपचार गराउँदै आएको भए पनि अहिले थप उपचारका लागि आवश्यक खर्च व्यवस्थापन गर्न कठिनाइ भएको परिजानले बताएका छन्।
परिवारका अनुसार अहिलेसम्म घर–परिवार र आफन्तको सहयोगमा उपचार खर्च धान्दै आएका भए पनि अब थप आवश्यक धनराशि जुटाउन कठिन भएकाले स्वदेश तथा विदेशमा रहेका राखुवासी तथा म्याग्देली दाजुभाइ दिदीबहिनीहरू सहित सबै शुभचिन्तकसँग आर्थिक सहयोगको अपील गरिएको हो।
तप्त बहादुर कार्कीकी श्रीमती भवन कुमारी कार्की तथा छोरा संघर्ष कार्कीले सानो–ठूलो सबै सहयोगले पनि जीवन रक्षामा ठूलो योगदान पुग्ने भन्दै मानवीय भावनाका साथ सहयोग गर्न आग्रह गरेका छन्।
आर्थिक सहयोगका लागि…
-
बैंक: Prabhu Bank
-
Account Name: Bhawan Kumari Karki
-
Account Number: 1630223411700015
-
Mobile: 9857624826

