१२ पुस, काठमाडौं ।
नेकपा (माओवादी)का महासचिव विप्लव सीले कपिलवस्तुको जनकम्युनमा सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी अपरेशन गराएकोप्रति कडा आपत्ति जनाउनु भएको छ।
शुक्रबार काठमाडौंमा माओ दिवसको कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो पार्टीलाई निर्वाचन होइन युद्धतर्फ धकेल्न खोजेको आरोप लगाउनु भयो। कपिलवस्तु र अर्घाखाँचीका श्रम शिविरमा भएको अपरेशन तत्काल फिर्ता नलिए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिनु भयो।
महासचिव विप्लवले आफूहरू शान्तिपूर्ण रूपमा निर्वाचनमा जान तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीलाई ‘चुनाव चाहिएको हो कि युद्ध ?’ भनेर प्रश्न गर्नु भयो।
यसैबीच, नेकपा (माओवादी)ले सरकारको अपरेशनविरुद्ध काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको छ।

