म्याग्दीः सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सेवा–सुविधा तथा आर्थिक हकमा विभेद भएको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले ध्यानाकर्षण पत्र बुझाएको छ।

सोमबार संघले जिल्ला शिक्षा समन्वय इकाई म्याग्दीका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरूको तलब–भत्ता, स्थानीय भत्ता तथा सेवा सुविधासम्बन्धी निर्णय कार्यान्वयनमा समानता र न्याय सुनिश्चित गर्न माग गरेको हो।

ध्यानाकर्षण पत्रमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा युनेस्कोका सिफारिस, नेपालको संविधान र कानुनी व्यवस्थाअनुसार शिक्षकको पेशागत मर्यादा, समान सेवा सुविधा र गुणस्तरीय शिक्षाको प्रत्याभूति हुनुपर्ने उल्लेख गरिएको छ।

संघले शिक्षकहरूमाथि भइरहेको असमान व्यवहार तत्काल अन्त्य गरी कानुनअनुसारका सुविधा लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय