म्याग्दीबाट आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) का नेता हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। उनले पार्टीको तर्फबाट उम्मेदवारीका लागि टिकट प्रदान गरेकोमा पार्टीका शीर्ष नेतागण, जिल्ला नेतृत्व तथा सहयोग गर्ने सबै कमरेड र शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्।
नेता श्रेष्ठले पार्टी नेतृत्वले देखाएको विश्वासप्रति धन्यवाद दिँदै आगामी निर्वाचनमा विजयी गराउन सबैको साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका छन्। उनले निर्वाचनलाई जनताको सेवा र पार्टी सुदृढीकरणको अवसरका रूपमा लिएको उल्लेख गर्दै जनविश्वास जित्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

