अग्रज कलाकार धनकुमारी थापा सम्मानित

म्याग्दी – रघुगंगा गाउँपालिका–७ चिमखोलामा आयोजित एक कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापालाई सम्मान गरिएको छ ।

थापाले परम्परागत थाली नाचको संरक्षण तथा विश्वभर यसको प्रवर्द्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । चिमखोलामा जन्मिएको थाली नाचलाई निरन्तर जोगाउँदै प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई विशेष सम्मान प्रदान गरिएको हो ।

थाली नाचको एकमात्र जन्मथलो चिमखोला रहेको र यसको जन्मदाता हिरामाया पुन रहेको स्थानीयले बताएका छन् । यस मौलिक संस्कृतिको संरक्षणमा धनकुमारी थापाले खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै कार्यक्रममार्फत सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय