सूर्योदय न्युज,

 

म्याग्दीमा एक ठेकेदार र उनको कम्पनीलाई म्याग्दीखोलाका वासिन्दाहरुले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारको फोटो र कम्पनीलाई सार्वजनिक गरेका छन् | ठेकेदार र ठेकेदार कम्पनीका कारण जनताले सास्ती पाएको ठहर गर्दै निर्माण कम्पनी र ठेकेदारको फोटो सार्वजनिक गरिएको छ |

 

बेनी दरवाङ् सडक खण्डको ठेक्काको जिम्मा लिएका ठेकेदार जिप छिरिंग लामा र उनको कम्पनी लामा समानान्तर जेभी कम्पनीले समयमा आफ्नो काम नसक्दा ठेकेदार लामाको फोटो स्थानीयले ” आभारी छौ ठेकेदार प्रति ” भन्दै सार्वजनीक गरेका छन् |

ठेकेदारको फोटो सहित सार्वजनिक ब्यानर बेनापा ६ डम्वरामा छेतबिछेत भएको सडकको किनारामा राखिएको छ | उक्त ब्यानरमा लेखिएको छ ” म्याग्दीवासी विशेस गरि म्याग्दी खोला भेगका जनता उहाँ र उहाको कम्पनीको कामप्रति धेरै आभारी छन् | तपाइको कारणले गर्दा हामी जनताले सास्ती पाएका छौं |” सोही ब्यानर बेनापा ७ मगलाघाटमा पनि राखिएको छ |

आभारी हुनुको कारणहरु समेत उक्त ब्यानरमा खुलाइएको छ | ६ वटा कारणहरु खुलाइएको उक्त ब्यानरमा लेखिएको छ :

 

बाटो समयमा निर्माण नहुदा सयौ घर पहिरोको जोखिममा रहेको, पहिरोको उच्च जोखिम रहेको, गाइवस्तुको गोठ चपेटामा परेको, सयौको खेतवारी पहिरोको चपेटामा, सहज रुपमा आवातजावत गर्न कठिन र यातायात अवरुद्ध हुदा कोही बिरामी परेर समयमै हस्पिटल पुर्याउन नसकेर ज्यान जान सक्ने स्थिति |

 

म्याग्दीमा सडकहरुको हालत दयनीय छ | ठेकेदार, ठेकेदार कम्पनी र नियमन गर्ने निकायको कमजोरीका कारण सडकहरु प्राय अलपत्र छन् | वर्षाको समयमा अलपत्र सडकहरुको कारण म्याग्दीवासीले वर्षेनी सास्ती खेप्दै आएइरहेका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय