बेनी |

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकटको युवा संगठन नेपालले मगलवार बेनीमा सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धिको बिरोध गरेको छ | नेपाल सरकारले २८% भाडा बढाएको र सोही अनुरुप यातायात ब्यवासायिहरुले भाडा बढाउदा संगठनले बिरोध गरेको हो |

 

बेनीको कालिपुलमा अवस्थित पक्की पुलनेर जिल्लामा आवतजावत गर्ने सवारी साधनहरुलाई रोकेर चालक र यात्रुहरुसंग सोधपुछ गरि भाडाबारे जानकारी लिइएको युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष् नवराज (नविन) ले बताउनु भएको छ | “चर्को रुपमा भाडा बढाइएको छ, वीच बाटोमा गएर यात्रुहरुलाई धम्काएर थप पैसा असुलिएको छ यो गलत हो | “ नवीनले बताउनु भयो |

 

नक्कली टिकेट बनाएर, होटेलको भिजिटिंग कार्डमा सिट नम्वर र रकम लेखेर यात्रुहरुबाट रकम असुली भएको संगठनले जनाएको छ | पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बाहानामा चर्को भाडा बढाइएको र यसलाई नसच्याए संगठनले जुनसुकै कदम चाल्न सक्ने युवा संगठनले जानकारी दिएको छ |

भिडियो :

नेकपा विप्लव निकट युवा संगठनले गर्यो यातायातको भाडावृद्धिको बिरोध – YouTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय