
बादल शाही
संयुक्त राज्य अमेरिकामा म्याग्देलीहरुको साझा संगठन “ म्याग्दी समाज अमेरिका “ को सातौ अधिवेसन सम्पन्न भएको छ | अमेरिकामा रहेका नेपालीहरुको दुखसुखसंग सधै संगै रहँदै आएको समाजको सातौ अधिवेसन सम्पन्न भएको हो |
सम्पन्न अधिवेसनले म्याग्दी राखुका तोरण शाही अर्जुन लाई अध्यक्ष्य चयन गरेको छ | समाजको वरिष्ठ उपाध्य्क्षमा कृष्ण केसी र उपाध्य्क्षमा भिम केसी चयन हुनु भएको छ | समाजको महासचिवमा किशोर शर्मा र सचिवमा दिनेश जिसी चयन हुनु भएको छ | कोषाध्यक्षमा सुदर्शन पौडेल चयन हुनु भएको छ भने महिला प्रमुख विभागमा दीपा पुन, सुचना तथा संचार विभाग प्रमुखमा सन्तोष खड्का, मेम्वरसीप डाइरेक्टरमा सुरज थापा, सांस्कृतिक विभाग प्रमुखमा मंजु पुन र मदनलाल रामदाम चयन हुनु भएको छ | समाजको युवा बिभाग प्रमुखमा दिपेश कटुवाल, खेलकुद विभाग प्रमुखमा हीरा खत्री र मनिष बानिया तथा आइटी विभाग प्रमुखमा अनुषा मल्ल चयन हुनु भएको छ |
चयन भएको समाजको नया कार्य समितिलाई गैर आवासीय नेपाली संघ अमेरीकाका वरिष्ठ उपाध्य्क्ष कृष्ण जीवि पन्त, बानाका अध्यक्ष्य सुबोध विलास, प्रवासी नेपाली मंचका अध्यक्ष्य प्रभु थापा लगायतले शुभकामना दिएका थिए |
अमेरिकामा रहेका म्याग्देलीहरुलाई संगठित गराउदै दुखसुखको चौतारी बनेको समाज गृह जिल्ला म्याग्दीमा भईपरी आएको दुखसुखमा पनि सहयोग गर्दै आइरहेको छ | नेपाली भाषा, कला र सस्कारलाई बिदेशमा जोगाउने र प्रवर्द्धन गर्ने उद्देश्य रहेको समाजले जनाएको छ |


