सूर्योदय न्युज |
नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनबर्गीय संगठनहरुले सीमा क्षेत्रमा नेपाल माथि भारतीय एसएसबीले गरेको ज्यादतीको बिरुद्धमा म्याग्दीमा बिरोध प्रर्दशन गरेका छन् ।
दार्चुलामा भारतीय सुरक्षाकर्मीले नदि तर्ने क्रममा तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको कारण बेनीको बिरेन्द्र चोकमा बिरोध प्रदर्शन गरेका हुन् ।
सभालाइ सम्बोधन गर्दै विप्लव निकट अखिल नेपाल महिला संघकोे केन्द्रीय सचिव उसा घर्तीले भारतीय ज्यादती नेपालमा पछील्लो समय बढ्दै गरेको भन्दै भारतीय ज्यादतीको बिरुद्धमा आम नेपाली नागरीक एक भएर लाग्नु पर्ने बताएकी छिन । उनले नेपाल सरकारले सिमा र नागरीकको सुरक्षा गर्न नसक्ने भए नेपाल कम्युनिष्ट पार्टीले सिमा क्षेत्रमा आफ्ना कमाण्डरहरु मार्फत सुरक्षा दिने बताउनु भयो । घटना घटेको २ दिन भै सक्दा समेत सरकार मौन बस्नु भनेको भारतको सामु नेपाल सरकारले घुडा टेक्नु हो उनको भनाई थियो ।
अखिल नेपाल महिला संगठनको केन्द्रीय सदस्य ममता सुर्खेतीको सञ्चालनमा सम्पन्न भएको बिरोध सभामा अनेमसंघ केन्द्रीय सचिव, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि यूनियन (क्रान्तिकारी) केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष नविन विश्वकर्माले मन्तब्य ब्यक्त गर्नुभएको अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीका सचिव रोहीत विश्वकर्माले बताएका छन् ।


