निलम थापा, अमेरिका |

 

मगर संघ अमेरिकाको ८ औं महाधिवेशनद्वारा कुलदीप राना मगर केन्द्रीय अध्यक्षमा पुन  निर्वाचित भएकाछन् । न्यू जर्सी राज्यको सेवेल सहरमा जुलाई ३१ तारिख सम्पन्न महाधिवेशनमा सन् २००४ मा स्थापित संघले १७ वर्ष पुरा गरेको अवसरमा ‘याँभू’ मुखपत्रको दोश्रो अंकको प्रिन्ट र डिजिटल एप्स् संस्करण एकैसाथ प्रकाशन गरिएकोछ ।

 

नव निर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन पुन मगर चयन हुनु भएको छ । साथै पूर्वी मध्ये र पश्चिम क्षेत्रहरुको लागि उपाध्यक्षमा क्रमशः अनिल रोका मगर, मिन दर्लामी मगर, ( मनोनयन बाँकी ) चयन हुनु भएको छ । संघले भाषाको लागि उपाध्यक्षमा ईश्वरप्रशाद बुढा मगर र महिला उपाध्यक्षमा जानकी थापा मगरलाइ चयन गरेको छ । संघले महासचिवमा दीप सागर बुढा मगर, सचिवमा पूर्णबहादुर पाईजा मगर, कोषाध्यक्षमा विष्णु राना मगर र सह-कोषाध्यक्ष विष्णु थापा मगरलाइ चयन गरेको छ ।

 

यसैगरी सदस्यहरुमा विदुर पुन मगर, चन्द्रबहादुर गुरम्छान मगर, ईमान थापा मगर, कृष्ण राना मगर, टेकबहादुर थापा मगर चयन हुनु भएको छ । पदेन सदस्यहरुमा न्यू योर्क च्याप्टर अध्यक्ष, न्यू जर्सी च्याप्टर अध्यक्ष, डिएमभि च्याप्टर अध्यक्ष, टेक्सास च्याप्टर अध्यक्ष चयन भएको हो ।

 

उक्त महाधिवेशनमा संघको मुखपत्र ‘याँभू’ को लोकार्पण संघका अध्यक्ष कुलदीप राना मगर र याँभूका प्रमुख सम्पादक एवं नेपालिजम डट कमका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले गरेका थिए। संघले यस अघि संघको स्थापना कालदेखिको दश वर्षलाई समेटेर ‘मगर संघ अमेरिका स्मारिका-२०१४’ र सन् २०११ मा याँभूको पहिलो अंक प्रकाशन गरी सकेकोछ ।

 

मगर संघ अमेरिकाको हाल ५ राज्य च्याप्टरहरु छन्- न्यू योर्क, न्यू जर्सी, डिएमभि (डिसी/मेरील्याण्ड/भर्जिनिया), टेक्सास र सिकागो । यि बाहेक थप १० राज्यहरुमा सदस्यता वितरण गर्न सफल भएकोछ ।

 

स्थापनाकालदेखि हालसम्म संघले ६ जना अध्यक्षहरूको नेतृत्व पाएकोछ: संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४-२००६); निलम गर्बुजा मगर (कार्यबाहक अध्यक्ष २००६-२००८); लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८-२०१२); क्या. दलबहादुर रोका मगर (२०१२-२०१५); रुद्र थापा आले मगर (२०१५-२०१८) र कुलदिप राना मगर (२०१८-२०२१ र २०२१-२०२३) रहेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय