बादल शाही, सूर्योदय न्युज |

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि म्याग्दीले दार्चुलामा जय सिंह धामीको भारतीय एसएसबीले गरेको हत्याको बिरोधमा सोमवार बिरोध सभा सम्पन्न गरेको छ |

 

दार्चुलामा भारतीय सुरक्षाकर्मीले नदि तर्ने क्रममा तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । भारतले सीमा क्षेत्रमा गर्ने ज्यादतिको बिरोध गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि म्याग्दीको कार्यालयबाट सुरु गरिएको नारा जुलुस बेनीको गणतान्त्रिक चोकमा गएर कोण सभामा परिणत भएको थियो |

सभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज विप्लवले सधैसजो भारतीय ज्यादती बढिरहेको र यसको बिरुद्धमा आम नेपाली एक भएर लाग्नु पर्ने बताउनु भएको छ | उहाले दलाल पुजीपतिहरुले देशलाई खोक्रो बनाइसकेको र अहिलेको शाषण व्यवस्था, सरकार र नेतृत्वले देशले मुहार फेर्न नसक्ने स्पष्ट पार्दै बैज्ञानिक समाजवादको आवस्यकता रहेको बताउनु भयो |

नेकपा म्याग्दी जिल्ला सेक्रेटरी सुशीला विस्वकर्माले भारतीय बिस्तारवादको अन्त्यको लागि नेपालीहरु एकजुट हुन पर्ने बताउनु भएको छ | धामीको मृत्युले नेपालको सरकार नीति र सुरक्षामाथि प्रश्न ठडिएको र सीमा क्षेत्रमा सरकारले सुरक्षा दिन नसक्ने भए नेपाल कम्युनिष्ट पार्टीको कमाण्डरहरु तयार रहेको बताउनु भयो |

 

 

(42) भारतीय विस्तारवाद र ज्यादतीको विरुद्धमा Sushila Bishwakarma को गर्जन | Suryodaya News – YouTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय