सूर्योदय न्युज |
पछिल्लो समयको जल्दावल्दा र परिचित पत्रकार अपिल त्रीपाठी बिरामी भएर अस्पताल भर्ना भएका छन् | पोखराको जिएमसी अस्पतालमा उनले अपरेसन गरेपछी अब केही दिन उनको दिनहरु अस्पतालमा नै बित्ने भएको छ |
अपिलको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि उनलाई अस्पताल लागिएको हो | उनलाई के भएको हो र के को अपरेसन भएको हो यो भने हालसम्म सार्बजनिक भएको छैन |
समाजको ब्यतिथि र भ्रस्टाचारको सिधै र ठाडै पर्दाफास गर्ने अपिल पोखराको गण्डकी टेलिभिजनमा काम गर्दछन | उनको पत्रकारिता मार्फत पोखरा र आसपासका कालो धन्दा, भ्रस्टाचार र ठगीका घटनाहरु सार्बजनिक हुदै आइरहेको छ | गण्डकी छड्के नामको कार्यक्रम मार्फत यस्ता ब्यतिथिहरु बाहिर आउने गर्दछ |


