सूर्योदय न्युज ।
म्याग्दीको बेनी नगरपालिका -५ पुलाचौरकी एक १६ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ | फरक मानसिक अवस्था रहेकी कोशोरीलाई २० वर्षीय युवाले करणी गरेका थिए |
पक्राउ परेका युवा सोही गाउँको मोहन छिनाल हुन् | उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।


