बादल शाही, सुर्योदय न्युज |
म्याग्दीमा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेकपा निकट संगठन अखिल क्रान्तिकारीको केन्द्रीय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मूल्यबृध्दिको बिरोध सभा म्याग्दीमा सम्पन्न भएको छ |
म्याग्दीको बेनी बजारमा नाराजुलुस सहित आन्दोलित संगठनको कोणसभा बेनीकै गणतान्त्रिक चोकमा सम्पन्न भएको थियो | पेट्रोलियम पदार्थको मुल्यबृद्धि यथासिघ्र खारेज गरि समायोजनको माग गर्दै संगठन आन्दोलित भएको हो | नेपाल सरकार र आयल निगमले यथासिघ्र समायोजन नगरे कडा संघर्षमा उत्रने चेतावनी संगठनले दिएको छ |
बिरोध सभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा धौलागिरी इन्चार्ज सुरेन्द्र बस्नेत एस. के ले सम्बोधन गरेका थिए | भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारी म्याग्दीका सचिव ज्वालाले गरेको हो |


