काठमाडौंः अमेरिकि सहयोग परियोजना एमसिसी सम्झौताका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।
सरकारले एमसिसी सदनमा पेस गर्ने साथै एमसिसीकि उपाध्यक्ष सहितको टोली नेपाल आउन लागेको समयमा नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौताका विरुद्ध तथा उक्त सम्झौता खारेजीको माग गर्दै देशव्यापि रुपमा चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो। नेकपाले घोषणा गरेको कार्यक्रम अन्तर्गत भाद्र २३ गते सम्पुर्ण जिल्ला तथा स्थानिय तह र शहरहरुमा कोणसभा गर्ने, २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते सबै जिल्लामा एमसिसी सम्झौता जलाउने रहेका छन्।
त्यसै गरी भाद्र २७ गते जिल्ला सदरमुकाम र शहरहरुमा सिटी जुलुस र एमसिसी खारेज गरौं लेखेका बेलुन उडाउने र २८ गते काठमाडौंमा प्रदर्शन सहित सभा गर्ने र सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने लगायतका रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले एमसिसीले नेपाललाई अमेरिकि साम्राज्यवादको खेलमैदान तथा रणमैदान बनाउने र राष्ट्रिय स्वाधिनता माथि हस्तक्षेप गर्नुका साथै राजनीतिक अस्थिरताको फाइदा उठाउँदै चीन विरोधि भुमिका रुपमा प्रयोग गर्न खोजेको भन्दै सुरुवाति चरण देखि नै एमसिसी सम्झौता खारेजीको माग गर्दै एमसिसी सम्झौता विरुद्ध निरन्तर आन्दोलन र संघर्ष गर्दै आइरहेको छ।

