राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम भएकी छिन । गत साउन १० गते देखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौट पछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल प्रतियोगीहरुवीच फाइनल नृत्य गरिएको थियो ।
म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न फाइलन प्रतियोगीता हरितालीका तिजको अबसर पारी सम्पन्न भएको हो | बाग्लुङकै कमला थापा दित्तिय, म्याग्दी बरंजाकी देबिना घर्ती मगर तृतिय, बेनपा ४ सिंगाकी मनिषा खाती र बेनपा ५ खोरगैराकी अस्मिता परियारले सान्त्वना स्थान हाँसिल गरेका हुन् |
प्रतियोगीतामा प्रथम, दित्तिय, तृतिय र सान्त्वना हुनेलाइ क्रमश रु दश हजार, सात हजार, चार हजार, र दुइ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । बिजेतालाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, बिशिष्ट अतिथि अग्रज लोक दोहोरी गायीका धन कुमारी थापा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरे लगाएतले नगद, प्रमाणपत्र र खादा सहित पुरस्कार बितरण गर्नुभएको थियो । संघले म्याग्दीका अग्रज लोक दोहोरी गायीका धन कुमारी थापालाई सम्मान गरेको छ । जिल्लाको कला संस्कृतिलाई देश तथा बिदेशमा चिनाउनका लागि महत्वपुर्ण भुमिका निभाउनु भएकी थापाको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो |
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष बिपिन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघको महासचिव कमल पौडेल र सहसचिव गोकुल सुनारले गरेका थिए | कार्यक्रम दर्शकहरुको भब्य उपस्थितिमा अत्यन्तै मनोरन्जनात्मक तवरले सम्पन्न तथा समापन भएको थियो |