सूर्योदय न्युज, बादल शाही |

 

सहयोग तथा अनुदानको नाममा अमेरिकाले नेपालमा ल्याउन खोजेको अमेरिकी परियोजना मिलिनियम च्यालेज  कर्पोरेसन { MCC } को विप्लव नेतृत्वको नेकपाले चरणबद्ध कार्यक्रमको साथ बिरोध गर्दै आइरहेको छ | म्याग्दीको बेनीमा पनि उक्त नेकपाले बिभिन्न कार्यक्रमहरुका साथ बिरोध गरिरहेको छ | 

 

शनिवार नेकपाले MCC परियोजनाको सम्झौता पत्रमा आगो लगाएर बिरोध गरेको थियो भने आइतवार बाइक  र्याली गरेर बिरोध गरेको छ | बिरोधमा  बिभिन्न प्लेकार्ड बोकेर बाइकको हर्न बजाएर बजार परिक्रमा गरिएको थियो | 

 

यो परियोजना नेपालको संबिधान, कानुन र हित बिपरित भएकोले बिरोध गरिएको नेकपाका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज ध्रुव घिमिरेले बताउनु भएको छ | अमेरिकाले शैन्य हस्तक्षेप गर्न खोजेकोले यसबाट देशलाई बचाउनु पर्ने उहाले बताउनु भयो | 

 

 

(27) विप्लव नेतृत्वको नेकपाले म्याग्दीमा गर्यो MCC को बिरोध | सम्झौता पत्रमा आगो लगायो | – YouTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय