सूर्योदय न्युज

 

नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजबादी ) म्याग्दीको अध्यक्षमा युवा नेता कृष्ण कुमार बिश्वकर्मा चयन हुनुभएको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रमबाट बिश्वकर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

 

भेलाले जिल्ला कमिटिको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, उप सचिबमा जिबन सापकोटा लाई चयन गरेको छ । ६१ सदस्यीय जिल्ला कमिटिमा केही पदाधिकारी र सदस्यहरु पछि मनोनयन गरिने गरि कमिटि निर्माण भएको नबनिर्बाचित सचिब दुर्गा कार्कीले जानकारी दिनुभयो ।

 

केन्द्रीय राजनीतिमा दुइ धार भएसंगै नेकपा एमालेबाट माधव नेपाल समुह अलग भएको थियो । सोही अनुरुप नेपाल धारले नयाँ दल ‘नेकपा एकिकृत समाजवादी’ पार्टी खोल्यो । अहिले नेकपा एमाले र नेकपा समाजवादीले देशभर आफ्नो संगठन बिस्तार गर्ने कामलाई अगाडी बढाएको छ । सोही अनुरुप म्याग्दीमा नेकपा समाजवादीको कमिटी निर्माण भएको हो ।  र यसको नेतृत्व अब बिस्वकर्माले गर्नु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय