सूर्योदय न्युज | बादल शाही |

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल म्याग्दीले राज्यसँग गरिएको तीन बुंदे सहमतिको कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई ज्ञापन पत्र बुझाएको छ | राज्यले सहमतिलाई कार्यान्वयन नगरेकोले कार्यान्वयनको माग गर्दै बुधवार ज्ञापनपत्र बुझाइएको हो |

 

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको हो | नेकपा धौलागिरी इन्चार्ज इन्द्र बिक्रम साउदको नेतृत्वमा युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष्य नवीन बिस्वकर्माले म्याग्दी जिल्ला प्रशासन प्रमुख गणेश बहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको छ |

 

राज्य आफैले प्रतिबन्धित बनाएको नेकपालाई राज्य आफैले ३ बुंदे मागहरु कार्यान्वयन गर्ने सर्तमा वार्तामा बोलाए पनि उक्त मागहरु हालसम्म कार्यान्वन नभएकोले कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाइएको युवा संगठन म्याग्दीका  अध्यक्ष्य नवीन विस्वकर्माले बताउनु भयो | “ खुल्ला राजनीतिमा आएसंगै विप्लव नेतृत्वको नेकपाले आफ्ना राजनीतिक गतिविधिहरुलाई निरन्तरता दिईरहेको छ, हाम्रा मागहरु राज्यले कार्यान्वयन गर्नुपर्छ ” नेकपाको धौलागिरि इन्चार्ज इन्द्र बिक्रम साउदले जानकारी दिनु भयो |

 

विप्लव नेतृत्वको नेकपा र राज्यबीच भएको तीन सहमतिहरुमा पहिलो राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरु तुरुन्त खारेज गर्ने, दोस्रो राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका बन्दीहरुलाई निसर्त रिहाइ गर्ने तथा तेस्रो जनमत संग्रहका लागि उचित वातावरण तयार गर्ने रहेका छन् |

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय