तनहुँ |
युवा संगठन नेपाल तनहुले लागूऔषध दुर्व्यसनी र बिकृती, बिसंगतीको बिरुद्ध बिरोध गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।
बिरोध कार्यक्रम लाई सम्बोधन गर्दै युवा संगठन नेपाल का केन्द्रीय सदस्य तथा गण्डकी, धौलागिरी ब्युरो ईन्चार्ज ईन्द्र बिक्रम साउद ( बिजय) ले बर्तमान राज्यले दक्ष युवा जनशक्तिलाई बिदेशका गल्ली गल्तीमा बस्तुको भाउमा बिक्री गरेको र स्वदेशमा रहेका युवाहरुलाइ पनि लागू अौषधको चंगुलमा डुबायर समाजमा ब्याप्त बिकृति बिसंगति निम्त्याएको र लागू अौषध ओसारपसार, बिक्रीवितरण गर्ने कथित काला ब्यापारीहरु लाई प्रशय र संरक्षण गरेको बताएका छन् |
तनहुको डुम्रे बजारमा गरिएको उक्त बिरोध कार्यक्रममा साउदले समाजका सबै खाले बिकृतिहरुको अन्त्यको लागि युवा संगठन नेपाल पछि नहट्ने बताए । कार्यक्रमको संचालन भने युवा संगठन नेपाल तनहुँका अध्यक्ष दृष्टिले गर्नु भयको थियो ।

