निलम थापा, अमेरिका

 

 

सांगीतिक यात्राको लागि अमेरिका छिरेका चर्चित गायक हेमन्त शर्मालाई मगर संघ अमेरिकाको DMV शाखाले मगर पोशाक दिएर सम्मान गरेको छ | अमेरिकाको बाल्टिमोरमा शर्मालाई सम्मान गरिएको हो |

 

अमेरिकामा यसरि सम्मान प्राप्त गर्दा गायक शर्माले आफु ज्यादै खुशी भएको र यो अवसर प्राप्त गर्दा आफु सफल गायक भएको महशुस भएको बताए | बाल्टिमोरमा यसरि मगर संघ DMV ले गरेको सम्मान प्रति आफु आभारी रहेको र अमेरिकामा आफुलाई यो किसिमको सम्मान गर्ने पहिलो संस्था DMV भएको उनले बताए |

 

भिभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागी रहेको उक्त कार्यक्रममा गायक शर्मा र गायिका थापा सहित अन्य चर्चित कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिएका थिए | चर्चित गायक राजन ठकुरी र सृजना थापाले सालैजो, सोरथी तथा कौडा भाकाहरु गाएर कार्यक्रमलाई अझ रोमान्चित बनाएका थिए भने शर्माले पनि आफ्ना चर्चित गीतहरु पस्केर दर्शकलाई अझ मनोरंजन दिएका थिए | यसैगरि गायिका थापा र गायक रोहितले लाइभ दोहोरी गाएर दर्शकलाई थप मनोरंजन दिएका थिए |

 

चर्चित लोक तथा दोहोरी गायिका सिर्जना थापा मगरको संयोजनमा थापाकै निवासमा सम्पन्न कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको थियो | हालैमात्र भएको निर्वाचन मार्फत चुनिएका DMV शाखाका कार्यसमितिका सदस्यहरुलाई समेत कार्यक्रममा बधाईको कार्यक्रम जोडिएको  थियो | निर्वाचित कार्यसमितिका सदस्यहरुलाई चर्चित गायक हेमन्त शर्मा र चर्चित गायिका सृजना थापा मगरले अबिर, खादा, टोपी, र पछ्यौरीका साथ बधाई दिएका थिए |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय