बादल शाही | सूर्योदय न्युज |
अमेरिकामा म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अमेरिका विधिवत रुपमा स्थापना भएको छ | आइतवार मोना अमेरिकाको स्थापना संगै नयाँ कार्यसमिति गठन भएको हो |
२७ औ कार्यकारी समितिको रुपमा स्थापना भएको मोना अमेरिकाको अध्यक्षमा रघु सुबेदी चुनिएका छन् | अन्य २६ देशहरुमा कार्यसमिति रहेको मोनाले आपतमा परेका प्रवासीहरु र म्याग्दी जिल्लाको बिकास, निर्माण र सहयोगको लागि काम गर्दै आइरहेको छ | अन्तर्राष्ट्रिय मोनाका उपाध्यक्ष अम्मर छन्त्याल तथा निलम कुमार थापा लगायतको पहलमा अमेरिकामा मोना स्थापना भएको हो |
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा आइतबारका दिन निर्मित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश कार्की चयन हुनु भएको छ | यसैगरी महासचिवमा सुवास भण्डारी, कोषाध्यक्षमा रक्षा बानिया, महिला बिभाग प्रमुखमा कला केसी, साँस्कृतिक बिभाग प्रमुखमा राहुल केसी लगायत चयन हुनु भएको छ | त्यस्तै बिभिन्न पदमा विभिन्न राज्यहरुबाट समेत कार्य समितिमा चयन भएका छन् ।
अध्यक्ष पदमा निर्वाचित भएका रघु सुवेदीले अमेरिकामा रहेका म्याग्दीवासीले दुख नपाउने प्रतिबद्धता गर्दै म्याग्दीमा मानसिक स्वास्थ्य सम्बन्धि उपचार केन्द्र स्थापना गर्ने इच्छा रहेको बताएका छन् । उनले “अब ढुक्क हुनुहोस् र हामीसंग हातमा हात मिलाउनु होस्” भन्दै छन्त्याललाई अन्तर्राष्ट्रिय सभापतिमा उम्मेदवार हुन समेत आग्रह गरे ।
कार्यक्रममको प्रमुख अतिथीको रुपमा जुम मार्फत अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जाली सहभागी भएका थिए | बिशेष अतिथीको रुपमा अनेसासका संसथापक अध्यक्ष होमनाथ सुबेदी उपस्थित भएका थिए | यसैगरी कार्यक्रममा प्रमुख अतिथी, बिशिस्ट अतिथि अतिथी लगायतका वक्त्ताहरुले निर्वाचित कार्यसमितिलाई आफ्ना कुरा सहित शुभकामना मन्तब्य राखेका थिए |


