सूर्योदय न्युज, बादल शाही |

 

नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव ) का केन्द्रिय सदस्य तथा म्याग्दी, बाग्लुंग ईन्चार्ज धुर्ब घिमीरे (बिप्लव) को नाममा जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राऊ पुर्जी जारी गरेको छ ।

तत्कालिन केपी वली सरकार र बिप्लव नेकपा बिच भएको ३ बॅुदे सहमती बिपरीत नेता कॅुवरको नाममा सार्बजनिक सम्पत्तीको बिनाश गरेको मुद्दामा उनलाई २०७८/६/११ गतेको आदेश बमोजिम भन्दै आज अदालतका कर्मचारीले वडा कार्यलयमा पक्राऊ पुर्जी टॅास गरेको हुन ।

सरकार संग ३ बॅुदे सहमती गरेर बिप्लब नेकपा शान्ति प्रक्रियामा आएर थुप्रै शान्ति पुर्ण गतिबिधी गरिसकेको अबस्थामा जारी गरिएको यो पक्राऊ पुर्जीले ३ बॅुदे सहमतीको ठाडो उल्लंघन गरेको र देऊवा सरकारले नेकपा को बिरुद्द पुन:दमनको बाटो ॲगिकार गर्न सक्ने अनुमान गरिएको छ । ३ बॅुदे सहमती पछी पार्टीको केन्द्रिय नेता मध्य संम्भत पहिलो पटक बिप्लवको नाममा पक्राऊ पुर्जी जारी गरिएको हो ।

३ बॅुदे सहमती बिपरित आफ्नो नेतालाई दुख दिने नियतले अदालतले यो मुद्दालाई अनाबश्यक रुपमा अगाडी बढाएको यस्ले जारी तीन बॅुदे सहमतीमा संकट उत्पन्न हुने हॅुदा यस्को राजनितिक र कानुनी दुवै हिसाबले सशक्त प्रतिकार गर्ने नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय