सूर्योदय न्युज |
म्याग्दीको बेनपा ८ मा अवस्थित बेनी बजारको कालिपूल बसपार्कको नदीको किनारमा फोहोरको डङ्गुर बनेको छ | स्थानीयहरुले घर, होटल र पसलबाट निस्कने फोहोर थुपार्दै गर्दा फोहोरको डङ्गुर बनेको हो |
नगरपालिकाको गाडी नरोक्कीने समस्याले गर्दा फोहोरलाई किनारमा फाल्न परेको कालीपुलवासी तथा व्यवसायीहरु बताउछन | ‘कालीपुलका बासिन्दा गैर जिम्मेवार छन् यसरी फोहोर फालेको मैले देखेको छु र यस्तो नगर्नुस भनेर सम्झाएको पनि छु,’ स्थानीय मनबहादुर चर्मकारले बताए |
सूर्योदय न्युजले फोहोर फाल्ने र थुपार्नेहरुको खोजी गर्दै छड्के गरेपछि स्थानियहरुले फोहोर उक्त्त ठाउमा फालेको स्वीकार गरेका छन् | गल्ती अनुसार सम्बन्धित निकायले जरिवाना गरेमा भागीदार हुन उनीहरु राजी भएका छन् |
‘कालिपूलको वसपार्क क्षेत्र म्याग्दीको खासगरी त बेनीको खास क्षेत्र हो | नदीको किनारमा फोहोर थुपार्नु त झनै गलत हो, गंगाजललाई यसरि फोहोर गर्नु हुदैन’, स्थानीय व्यवसायी सुरेस बिकले बताएका छन् |

बाकी भिडियोमा हेर्न सक्नुहुन्छ

