म्याग्दी ।

 

म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथि आइतबार दिउँसो कालो पदार्थ { मोबिल } छ्यापेको आरोपमा आफ्नो संगठनको सदस्य बिजय बिकलाइ गिरफ्तार गरिएको  घटना प्रति युवा संगठन नेपाल म्याग्दीले बिरोध गर्दै प्रेस बिज्ञप्ती प्रकाशन गरि घोर भर्त्सना गरेको छ ।

 

युवा संगठन नेपाल म्याग्दीले जारी गरेको विज्ञप्तिमा विजयलाई निसर्त रिहाइको माग गरिएको छ | संगठनको कामको शिलशिलामा गिरफ्तार गरिएको प्रति संगठनले घोर भर्त्सना जनाएको विज्ञप्तिमा उल्लेख छ |

 

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बिभिन्न अनैतिक कार्यहरु मार्फत अकुत सम्पति आर्जन गरेको कुरा विज्ञप्तिमा उल्लेख छ | लकडाउनको समयमा बेनी नगरपालिकाको गाडी बैशाख देखि भाद्र महिना सम्म प्रयोगमा नआएको तर उनले कृत्य विल भरपाई गरि इन्धन खर्चको कारण देखाई ३ लाख ५० हजार आर्जन गरेको विज्ञप्तिमा संगठनले जनाएको  छ | विज्ञप्तिका अनुसार सुबेदी मालिका गाउपालिमा प्रमुख प्रशासकीय अधिकृत रहदाको समयमा पनि फोहोर उठाउने गाडी किन्दा १८ लाखको गाडीलाई २६ लाखको विल भरपाई बनाएको तथा सोही गाउपालिकाका अध्यक्षले प्रयोग गर्ने सेकेन्ड हेन्ड गाडी ३५/३६ लाख पर्ने भए पनि ४५ लाखको विल भरपाई बनाइ कमिसन खाएको आरोप छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय