बादल शाही
म्याग्दी प्रवासी नेपाली संघ मोनाको चौथो महाधिवेशनले अध्यक्षको रुपमा अम्मर छन्त्याललाई चयन गरेको छ । सहमतिको लामो प्रयासपछि अध्यक्ष चयन भएको मोनाले जमाएको छ ।
म्याग्दी गुर्जाका अम्मर छन्त्याल रोजगारीको शिलशिलामा २५ वर्षदेखि अमेरिकामा रहँदै आउनु भएको थियो । विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर बिबिध सामाजिक सेवाहरुमा सक्रिय छन्त्याल अध्यक्षमा चयन हुनु भएको छ ।
कार्यसमितिको अन्य पद र पदाधिकारीहरुको थप विवरण केही बेरमै सार्वजनिक हुने मोनाले जनाएको छ ।

