बादल शाही  |

 

 

पुलाचौरमा २५ वर्षीय परिवर्तित नाम { पुजा } तीन पुरुषहरुद्वारा सामुहिक बलात्कारको सिकार  भएकी छिन | यहि कार्तिक २ गते राति ११ बजे आफ्नै घरमा  उनि बलात्कृत भएकी हुन् |

 

म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको उपल्लो चौर भन्ने ठाउमा घटना भएको त्यहाका एक स्थानीयले सुर्योदय न्युजलाई जानकारी दिएका छन्  | २५ वर्षीय पुजा आफ्नै घरमा त्यहि गाउका स्थानीय युवाहरु हितमिन बानियाँ, प्रवेश रामदाम, र प्रकाश रामदाम मार्फत पालैपालो बलात्कृत भएकी स्थानियहरुले जानकारी दिएका छन् |

 

पुजाको श्रीमान् ३ वर्ष देखि बैदेशिक रोजगारको लागि बहराइनमा छन् | उनि एक छोरा र एक छोरीकी आमा हुन् | सिरकले आफुलाई छोपेर बस हेरिस भने तँलाई जे पनि गर्न सक्छौ भनेर डर देखाएर आमालाई पालैपालो युवाहरुले बालात्कार गरेको पुजाको १०  वर्षीय छोराले बताएका छन् | घटना पछी १२ बजे पूजाकी छोराले प्रहरीको हटलाइन १०० मा फोन गरेर जानकारी गराएका थिए |

 

बिहिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कृत महिलाको जाहेरी दर्ता भएको र बालात्कारीहरु फरार रहेकोले खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर बिरेन्द्रराज गुरुङले जनाकारी दिएका छन्  | बलात्कार जस्तो जघन्य अपराधलाई  पिडित महिलालाई १० हजार रुपैया दिएर गाउमै  मिलाउन खोजिएको स्थानियहरुले जानाकारी दिएका छन् | शुक्रबार, दिनभर ललाईफकाई गरेर पिडित महिलालाई   १० हजारमा सम्झौता गरि घटना बाहिर नल्याउन पीडकका आफन्तहरुले दवाव गरिरहेको स्थानियहरुले बताएका छन् |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय