बादल शाही |

 

पुलाचौरमा २५ वर्षीय परिवर्तित नाम { पुजा } तीन पुरुषको बालात्कारको सिकार भएपनि हालसम्म अपराधीहरुलाई प्रहरीले पक्रन सकेको छैन  | बालात्कारीहरु लाइ केही दलको राजनीतिक आड रहेको पुलाचौरका एक स्थानीय युवाले बताएका छन् |

 

म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको उपल्लो चौर भन्ने ठाउमा घटना भएको हो | २५ वर्षीय पुजालाई  उनको  आफ्नै घरमा त्यहि गाउका स्थानीय ३ युवाहरु हितमिन बानियाँ, प्रवेश रामदाम, र प्रकाश रामदामले  पालैपालो बलात्कार गरेको स्थानियहरु बताउछन |

 

पुजाको श्रीमान् ३ वर्ष देखि बैदेशिक रोजगारको लागि बहराइनमा छन् | उनि एक छोरा र एक छोरीकी आमा हुन् | सिरकले आफुलाई छोपेर बस हेरिस भने तँलाई जे पनि गर्न सक्छौ भनेर डर देखाएर आमालाई पालैपालो युवाहरुले बलात्कार गरेको पुजाको १० वर्षीय छोराले बताएका छन् | घटना पछी १२ बजे पूजाको छोराले प्रहरीको हटलाइन १०० मा फोन गरेर जानकारी गराएका थिए |

 

बिहिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कृत महिलाको जाहेरी दर्ता भएपनि हालसम्म अपराधीहरुलाई प्रहरीले पक्रन सकेको छैन | पिडितलाई ललाइफकाइ गरेर घटना मिलाउन खोज्ने व्यक्तिहरु र अपराधीहरु जुन राजनीतिक दलका भए पनि पक्राउ पर्नेछन जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख DSP श्यामकुमार राइले बताउनु भएको छ |

 

बलात्कारको सिकार बनेकी पिडित महिलालाई १० हजार रुपैया दिएर मिलाउन खोजिएको थियो | शुक्रबार, दिनभर पिडित महिला र उनका आफन्तहरुलाई  ललाईफकाई गरेर पिडित महिलालाई बलात्कार जस्तो अपराधजन्य घटनामा  १० हजारमा सम्झौता गरि घटना बाहिर नल्याउन पीडकका आफन्तहरुले दवाव गरिरहेको थिए  | शुक्रवार राति अबेरसम्म पिडित महिलालाइ पीडक पक्षका मान्छेहरुले सबैबाट सम्पर्कबिहीन बनाएको स्थानीयहरु बताउछन |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय