बादल शाही |
हालैमात्र चितवन जिल्लाको भरतपुर नगरपालिका वडा ४ मा एक दलित मारिएको घटनाप्रति ध्यानाकर्षण गर्दै दोषीलाई कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति मालिका गाउपालिका दरवाङ् म्याग्दीले प्रेस विज्ञप्ति जारि गरेको छ |
विज्ञप्तिमा सो दिन मारिएका ५८ वर्षीय भिम बहादुर बिकको न्यायको लागि माग गरिएको छ | उक्त स्थानमा रहेको दुर्गा मन्दिरमा पुजापाठ गर्न त्यहाका उपल्ला जातीकाहरुले विभेद गरेको र हत्या गरेको कुरा विज्ञप्तिमा उल्लेख गर्दै जातीय विभेद र हत्याको घोर भर्त्सना समेत गरिएको छ | संयुक्त दलित संघर्ष समिति मालिका गाउपालिका दरवाङ्गका कार्यवाहक अध्यक्ष दम प्रकाश बस्यालले दलित माथि हुने यस्ता जघन्य अपराधको देशबासी मिलेर बिरोध गर्नुको साथै दोषीलाई कारवाही हुन् पर्ने बताउनु भएको छ | उहाले थप्नु भयो ” यस्ता अपराध जन्य घटनाहरु घटित भैरहने र दलितहरुलाई यसरि हेप्दै गरिएको खण्डमा देशले नराम्रो दिन चुकाउनपर्ने दिन नआओस |”
चितवनमा घटित उक्त घटना जातीय रुपमा हेपेरै भएको भिम बहादुरका छोराले मिडियाहरुलाई बताइरहेका छन् | भिम बहादुर रक्सी खाएर होहल्ला गरेको भन्दै त्यहाँको स्थानीय युवाहरु सीताराम बस्नेत र दिलिप श्रेष्ठले रड र पाइपले भिम बहादुरको टाउकोमा हानेर हत्या गरेका थिए |

