नेपाल कम्युमिस्ट पार्टी नेकपाले केन्द्रीय कार्यक्रम अनुसार पार्टीको वरिष्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ को सम्झनामा आज देशभर श्रद्धाञ्जली कार्यकम सम्पन्न गरेको छ | सोही अनुरुप नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पनि वीरजंगको सम्मान र सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ |
शुसिला बिस्वोकर्मा ‘दीपा’ को अद्यक्ष्यातामा बुधवार म्याग्दीको बरंजामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा महेन्द्र रत्न माविका शिक्षक केसब सुबेदी जनसेवक हेमन्त र विद्यालयको जुरेसका अनुपम थापा रहेका थिए |
वीरजंगको राजनीतिक जीवन र उनले नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीमा रहेर देश समाजको लागि गरेका त्याग र बलिदानको बारे शुसिला बिस्वकर्मा दीपाले आफ्ना मन्तब्य राख्नु भएको थियो | नेकपा जिल्ला सदस्य गोमाको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष्य नबिनले राखेका थिए |

