बेग, दल प्रसाद तिलिजा |
रगुगंगा गाउपालिका १ बेगका बाढीपहिरो पिडितहरुले प्रवासी बेगखोलेहरुले पठाएको सहयोग प्राप्त गरेका छन् | यही कार्तिक ९ गते बेगखोलाको टोल नम्बर ३ मा खेलमैदान खन्ने क्रममा बाढीपहिरोको कारण चुत्रेनीको ५ घर परिवार विस्थापित भएका थिए |
विस्थापित परिवारहरुको राहत र उद्दार गर्नको लागि त्यहाका वडा अध्यक्ष्य बिल बहादुर फगामीले देश तथा बिदेशमा रहनु भएका सबैलाई सहयोगका लागि आह्वान गरेका थिए | सोही अनुरुप प्रवासमा रहनु भएका बेगखोलेहरु मार्फत सहयोग जुटेको हो |
वाढीपिडितहरुलाई सहयोगको रुपमा हङकङमा रहनु भएका बेगखोलेहरुबाट १ लाख ३६ हजार ४ सय, कोरियाबाट ८३ हजार, युकेबाट १ लाख ६२ हजार ८ सय १० रुपैया गरि कुल रकम ३ लाख ८२ हजार २ सय १० रुपैया प्राप्त भएको यामकुमार पुर्जाले जानकारी दिनु भएको छ |
प्रवासबाट नै कुन पीडितले कति पाउने भनेर क्षेतीको आधारमा रकम पठाएइएको हुनाले सोही अनुसार रकम वितरण गरिएको हो | सोही अनुसार पहिरो पिडित कर्ण बहादुर पुर्जाले ८८ हजार रुपैया, नरबहादुर पुर्जाले ७७ हजार रुपैया त्यस्तै यामकुमार पुर्जाले ७७ हजार रुपैया र हिम बहादुर बिक ले ६० हजार २ सय १० रुपैया प्राप्त गरेका छन् |
त्यस्तै हङकङमा उठाईएको १ लाख ६२ हजार ४ सय रपैया मध्येबाट ८० हजार रुपैया रोगले पीडित रघुगंगा-१ टोल नम्बर २ का स्थानीय प्रेम कुमारी फगामी प्रदान गरिएको छ | आन्द्रामा क्यान्सर भएको कारणले थप उपचारका लागि सहयोग प्रदान गरिएको हो | बाढी पिडितहरुको लागि रघुगंगा-१ बेग टोल नम्बर ३ सीमफाँटका स्थानीयहरू ले आफ्नै टोल भित्रका पिडितहरुको लागि उठाएको रकम ४२ हजार १ सय रुपयालाइ पनि १० हाजर पिडित हिम बहादुर बि.क लाई दिइएको बताइएको छ भने अरु रकम रु. ३२ हजार बाढी पिडित पुर्जा भाई हरुलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको याम कुमार पुर्जाले जानकारी दिनु भएको छ | पिडितहरुलाई सहयोग रकम वडाका अध्यक्ष्य बिल बहादुर फगामीले हस्तान्तरण गर्नु भएको थियो |


