अमेरिका, निलम थापा

 

अमेरिकाको बाल्टिमोरमा आउदो शनिवार ( October 30, 2021 ) का दिन ” दशैँ तिहार विशेष साँझ ”  हुने भएको छ | नेपालका प्रसिद्ध कलाकारहरुको प्रस्तुति रहने गरि कार्यक्रमको आयोजना BANA ( Baltimore Association of Nepalese in America ) ले गरेको हो |

 

( October 30, 2021 ) साँझ कार्यक्रम हुने आयोजकले जनाएको छ | दशैँ तिहारको शुभकामना आदानप्रदान तथा रमाइलोको निम्ति अमेरिकामा रहनु भएका नेपालीहरुलाई आयोजकले निम्ता गरेको छ | नेपालका प्रतिष्ठित कलाकार तथा व्यक्तित्वहरुको प्रस्तुति रहने Bana ले जनाएको छ |

 

किरण गजमेर, शृंखला खतिवडा नारायण रायमाझी, दिलिप रायमाझी, शिवहरी पौडेल लगायत थुप्रै चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ | BANA बाल्टिमोरमा स्थापित नेपालीहरुको सबै भन्दा पुरानो र सम्पुर्ण सँघ सँस्थाहरुको छाता सँगठनको रुपमा चिनिएको सँस्था हो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय