निलम गाँउले
बाल्टिमोर अमेरिका

अँग्रेजी नयाँ बर्ष २०२२ नजिकीदै गर्दा अमेरिकाको बाल्टिमोर शहरमा सक्रिय तथा पुरानो सँस्थाहरु मध्य एकम्याग्दी समाज अमेरिकालेनयाँ बर्षको शुभकामना आदान प्रदान तथा साँगितीक साँझकार्यक्रमको आयोजना गरेर नयाँ बर्षलाई स्वागत गर्ने योजना तय गरेको छ ।

म्याग्दी समाज अमेरिकाको उपाधक्ष्य श्री भिम केसी ले बताए अनुसार कार्यक्रमको मुख्य आकर्षणमा द भ्वाइस अफ नेपाल सिजन दुईकी कोच तथा चर्चित लोकपप गायिका आस्था राउत हुने छिन भने अमेरिकामै रहेका अन्य स्थानिय कलाकारहरुलाई पनि यो कार्यक्रममा सहभागी गराऊने जनाउनु भएको छ । कार्यक्रममा नृत्य, लोक तथा दोहोरी गित साथै सालैजो गितहरु पनि प्रस्तुत हुने भएकोले यो कार्यक्रमले सबैखाले दर्शकहरुलाई समेट्ने उपाधक्ष्य केसीले बताउनु भएको छ ।

चर्चित आस्था राउत

चर्चित गायिका आस्था राउत


कार्यक्रमको प्रवेश शुल्क खानपीनहरुको बारेमा प्रश्न राख्दा उपाधक्ष्य केसीले सबै कुराको छलफल भै नसकेको तर कार्यक्रम हुने चै पक्का भैसकेको बताउनु भयो । बिस्तृत जानकारी लिएर आफुहरु छिट्टै मिडियामा आउने केसीले बताए । कार्यक्रम हुने स्थान, समय र मिति भने ब्यानरमा देखाइए बमोजिम तय भैसकेको छ ।

नयाँ बर्षको शुरुमै हुन गैरहेको यस कार्यक्रममा उपस्थित भै शुभकामना आदान प्रदान गर्न र हाम्रा कलाकारहरुको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनु हुन बाल्टिमोरवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनिहरुलाई बिनम्र अनुरोध पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय