बादल शाही
म्याग्दीको बेनी बजारमा जुवा र तासको बिगबिगी रहेको गोप्य सुचना प्राप्त भएको छ | तिहारको मेसोमा सेटिङ्मा जुवातासको बिगबिगी रहेको सुचना प्राप्त भएको हो |
जिल्लाका उच्च पदस्थ व्यक्तिहरु नै जुवातासमा संलग्न रहेको गोप्य सुचना प्राप्त भएको छ | छिमेकी जिल्ला पर्वतका केही उच्च पदस्थ व्यक्तिहरु पनि जुवातासको खालमा रहेको भनिएको छ | पर्वत बेनीमा पनि जुवातास गोप्य रुपमा खेलिने गरिएको सुचना प्राप्त भएको छ | होटलको अन्डरग्राउण्डमा दिनभर रातभर तास खेल्ने गरिएको भए पनि प्रहरी प्रशासन र जिल्ला प्रशाशनले केही थाहा नपाए झैँ गरि मौन रहेकोमा स्थानियहरुले गुनासो गरेका छन् |
दशैँ तिहार बाहेक अन्य दिनहरुमा पनि जिल्लामा जुवा र तास खेल्ने गरिएको जानाकारी प्राप्त भएको छ | जुवा तासमा उच्च पदस्थ व्यक्तिहरु तथा ठेकेदारहरु संलग्न रहेको सुचना प्राप्त भएको छ | देशका विभिन्न ठाउहरुमा पनि उच्च पदस्थ नेताहरु जुवाको खालबाट पक्राउ परिरहेको समाचारहरु आउन थालेका छन् |

