बादल शाही
पुलाचौरमा एक महिलालाई तीन जना युवाहरुले बलात्कार गरेर फरार भएका थिए | उनीहरुलाइ प्रहरीले पक्राउ गरेको छ |
बेनी नगरपालिका ५ पुलाचौरमा गत कात्तिक २ गते आफ्नै घरमा सुतिरहेकी महिलाको घरको झ्याल फोडेर तीन युवकले मुखमा कपडा कोचेर आफ्नै बालबच्चाको अगाडी पालैपालो बलात्कार गरेको महिलाले जाहेरी दिएपछि युवाहरु फरार भएका थिए |
पिडित महिलाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएकी किटानी जाहेरीमा स्थानीय युवाहरु हितामिन बानिया, प्रवेश बिक र प्रकाश बिकले आर्थिक प्रलोभन र डर धम्की देखाएर पालैपालो बलात्कार गरको उल्लेख गरेकी छिन | सोही कुरा पिडित महिलाले सुर्योदय न्युजसँग गरिएको कुराकानीको भिडियोमा पनि उल्लेख गरेकी छिन |
घटना लगत्तै फरार रहेका आरोपीहरुलाई जिल्ला बाहिरका फरक फरक ठाउहरुबाट पक्राउ गरिएको प्रनाउ श्यामकुमार राइले बताउनु भएको छ |
पिडित महिला संग गरिएको कुराकानी
पुलाचौरमा बलात्कारको घटना कसरी घट्यो ? पिडित महिला बोलिन – YouTube

