बादल शाही

 

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाल बन्द घोषणा गरेसंगै मगलवार नेपाल बन्द भएको छ । जनताको दैनीकीसंग जोडिएका हरेक वस्तुको मुल्यबृद्धि संगै ग्यास पेट्रोलियम पदार्थ लगायतको मुल्यवृद्धिको बिरोधमा नेकपाले नेपाल बन्द गरेको हो ।

देशव्यापी नेपाल बन्द कार्यक्रम अनुसार म्याग्दी पनि पूर्ण बन्द रहेको छ । सवारी साधन पुर्णरुपमा बन्द छन । जसका कारण आम नागरिक आवातजावतमा सास्ती भएको छ । कसैले बन्दको अबज्ञा गरेर जनता बिरोधी कार्य गरेमा आफ्नो जिम्मा आफै लिन पर्ने नेकपा म्याग्दीकी जिल्ला सेक्रेटरी शुसिला बिस्वकर्मा ‘दीपा’ ले बताउनु भएको छ ।

मुल्यबृद्धिको बिरोधमा नेकपाले विभिन्न चरणका कार्यक्रमहरु अनुसार मगलवार नेपाल बन्द गरेको हो । मुल्यबृद्धि फिर्ता नभए सम्म संघर्ष जारी रहने नेकपाले जनाएको छ । मानवीय र संवेदशील अवस्थाका व्यक्ति, बिरामी लगायतलाइ आवातजावतमा कुनै रोक नहुने नेकपाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय