बादल शाही
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाल बन्द घोषणा गरेसंगे मगलवार नेपाल बन्दको कार्यक्रम म्याग्दीमा सफल भएको छ | दैनिक उपभोग्य वस्तुहरुको मुल्यबृद्धि संगै ग्यास पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा नेकपाले नेपाल बन्द गरेको हो |
देशव्यापी नेपाल बन्द कार्यक्रम अनुसार म्याग्दीमा बन्दको कार्यक्रम पूर्णरुपमा सफल भएको छ | देशका विभिन्न ठाउमा बन्दकर्ताहरु भन्दै प्रहरीले गिरफ्तार गरेका समाचारहरु आइरहदा म्याग्दीमा भने प्रहरी, स्थानीय, बुद्दिजिबि, शैक्षिक निकाय, सरकारी निकायहरु तथा आम जनताको साथ र सहयोग मिलेकोमा नेकपा म्याग्दी जिल्ला सेक्रेटरी सुसिला बिस्वकर्मा ‘दीपा’ ले खुशी व्यक्त गर्दै धन्यवाद दिनु भएको छ |
म्याग्दीमा नेपाल बन्दको कार्यक्रमको कोणसभा सदरमुकाम बेनी बजारको कालीपुल { म्याग्दी पर्वत नाका } को पक्की पुलमा सम्पन्न भएको थियो | कोण सभालाई सम्बोधन गर्दै अनेमस सचिव उषा मगरले खुसि भएर सहजताका साथ जनता र यात्रुहरुले बन्दको कार्यक्रममा सहयोग गरेको मा खुसि व्यक्त गर्दै मूल्यवृद्धि फिर्ता नभए सम्म र जनता लुट्ने सिस्टमको अन्त्य नभए सम्म नेकपा संघर्षमा उत्रीरहने बताउनु भयो |




