बादल शाही
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीले जिल्लामा केही अनलाइन न्युजहरुमा आएको समाचारहरु भ्रामक रहेको भन्दै उक्त समाचारहरुको भर्त्सना गर्दै बिहिवार प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा खाद्य संस्थानको जग्गा र भवनको विषयलाई लिएर आएका समाचारहरु भ्रामक रहेको भनि उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मंगलवार बेनी नगरपालिकालाइ जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै पत्राचार गरेको थियो । पत्रकार महासंघ म्याग्दीले २ वर्ष अघिदेखि भाडा बुझाउदै आएको कुरा समाचारहरुमा उल्लेख छ । तर यता नेकपा म्याग्दीले भने महासंघले भाडा कहा, कहिले र कसरी तिर्यो भन्दै खाद्द्य संस्थानको जग्गा र भवन अझै विवादित विषय रहेको जनाएको छ ।
खाद्य संस्थानको भवनमा नेकपा म्याग्दीले आफ्नो पार्टी कार्यालय राखेको छ । यसैगरी भवनको एक कोठामा अन्तरजातीय विवाह गरेपछी अलपत्र भएकी समिक्षा विस्वकर्मालाइ १० वर्ष पहिलेदेखि आफ्नो पार्टीले बस्नको लागि व्यवस्थापन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

