बादल शाही
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको बेनी नगर कमिटीले शनिवार एक बिज्ञप्ति जारी गरेको छ | नेपाल पत्रकार महासंघ म्याग्दी मार्फत नेकपा म्याग्दीकी जिल्ला सेक्रेटरी दीपालाई लक्षित गर्दै आएको प्रेस बिज्ञप्तिको खण्डन कमिटीले गरेको छ |
खाद्य संस्थानको नाममा रहेको जग्गाको विषयलाई लिएर विवाद बढिरहेको छ | पत्रकार महांघले खाद्य संस्थानको जग्गामा आफ्नो कार्यालय राख्न आफुले २ वर्षदेखि भाडा सम्झौता गरि बेनी नगरपालिकालाइ भाडा तिर्दै आएको बताउदै आएको छ | भने नेकपा म्याग्दीले सार्बजनिक जग्गा अतिक्रमण गर्नेहरु आफ्नो निशानामा रहेको बताउदै आइरहेको छ |
नगर कमिटिले जारी गरेको बिज्ञप्तिमा “नगरपालिकाले सार्बजनिक सुचना बिना नै सम्पुर्ण नागरिकहरुलाइ अन्धो बनाएर दलालहरुलाइ पोषण हुने गरि नगरपालिका र पत्रकार बिचको मिलेमतोमा पत्रकारलाई जग्गा भाडामा दिइएको भन्ने र पत्रकारले भाडा तिरेको नाटक गरेको प्रति हाम्रो पार्टी नगरसमिति सम्पुर्ण जनतालाई जानकारी गर्दै घोरबिरोध गर्दछ। जसको खोजतलास र जानकारि लिने अधिकार राख्दछ।” उल्लेख छ |

