बादल शाही
दुखि गरिबहरुको साहरा बन्दै आएको इसा फाउन्डेसन नेपालले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ।बरिष्ठ लोक गायक नारायण रायमाझी अध्यक्ष रहेको उक्त संस्थाले लामो समय देखि बिभिन्न अप्ठ्यारोमा रहेका दुखि गरिब र असायको लागि सहयोग गर्दै आएको छ।अमेरिकामा बस्दै आउनु भएका समाजसेवी इन्द्र थापा र सबि थापाको संरक्षणमा खोलिएको इसा फाउन्डेसनले समग्र रुपमा नेपालमा समस्यामा परेकाहरुको लागि साथ् दिदै आएको छ।
फाउन्डेसनको बिशेष कार्यसमितिको बैठकमा अध्यक्ष रायमाझीले आफु रहेको संस्थाले सधै समस्यामा रहेकाहरुको लागि पहल गर्ने बताएका छन।उनले भने “हामी लामो रेसको घोडा हौ,समस्यामा जो कोहि जुन सुकै समयमा पर्न सक्छन त्यो समस्यालाइ सहजीकरण गर्नकै लागि भए पनि सामाजिक संस्थाको खाचो हुन्छ जुन इसा फाउन्डेसन बनोस हरेकको पीडाको मलम लगाउने’।
संस्थामा बिभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका विशिष्ट व्यक्तिहरुको साथ् रहिरहेको छ।संस्थाको संस्थापक कार्य समितिमा अध्यक्षमा नारायण रायमाझी हुनुहुन्छ भने संरक्षकमा इन्द्र थापा र सबि थापा रहनु भएको छ।त्यस्तै उपाध्यक्षमा निरु दर्लामी मगर,सचिबमा कमल सरगम, कोषाध्यक्षमा चन्दा थापा,सदस्यहरुमा,टिका सानु, अलिफ खान, अर्जुन गिरि ,कृष्ण रानाभाट, नेत्र चौलागाई, निशा कुँवर,मिना पुन रहनु भएको छ।
संस्थाले तत्काल टिका सानुको नेतृत्वमा दाङको एक बिपन्न परिवारको घर बनाउने घोषणा गरेको छ,उक्त घर निर्माण पछि संस्थाको सस्थापक सदस्य तथा बिपन्न परिवारको घर निर्माणकि संयोजक टिका सानु आफै पुगेर उक्त घर हस्तान्तरण गर्ने फाउन्डेसनले जानकारी दिएको छ।

