बादल शाही
मंगला गाउपलिका म्याग्दीको ग १ झ ४१६ नम्बरको सवारी साधन दुरुपयोग भएको छ | नेकपा एमालेको १० औ राष्ट्रिय सम्मेलन चितवनमा भैरहदा उक्त सवारी साधन चितवनमा देखिएको हो |
पालिकाको सरकारी सम्पतिको दुरुपयोग भएकोप्रति आपत्ति जनाउदै बाबियाचौरका एक स्थानीय युवा बिनय पाण्डेले सुर्योदय न्युजलाई जानकारी दिएका हुन् | पाण्डेले यस अघिका दिनहरुमा पनि विभिन्न प्रयोजनहरुमा सरकारी सवारी साधन दुरुपयोग भैरहेको बताएका छन् | उनि भन्छन ‘सरकारी सवारी साधनले पार्टीको कार्यकर्ता ओसारपसार गर्नु गलत छ |’ मंगला गाउ पालिकाका अध्यक्ष्य सतप्रसाद रोकाले सरकारी सवारी साधनको दुरुपयोग गरेका हुन् |
दुरुपयोग भएको उक्त सवारी साधन बारे अहिले सामाजिक संजाल तातिरहेको छ | बिभिन्न व्यक्तिहरुले आफ्ना बिचारहरु उक्त सवारी साधनको फोटो सहित सामाजिक संजालहरुमा पोस्टिरहेका छन् | सामाजिक संजालमा निकै एक्टिभ रहने सामाजिक ब्यक्तित्व भिम उपाध्यायले समेत उक्त सवारी साधनको दुरुपयोग बारे लेख्दै गाडीको फोटो फेसबुकमा पोस्ट गरेका छन् |

