बादल शाही

 

सिद्ध बाबा युवा क्लव पर्वतले देउसीभैलो कार्यक्रमको आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ | क्लवले क्लव भवन निर्माण गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रम गरेको थियो |

 

जलजला गाउपालिका वगरफाटका स्थानीय र युवाहरुको सक्रियतामा देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो | तिहारको अवसर पारेर यहि कातिक १७ गते देखि २२ गते सम्म देउसीभैलो कार्यक्रमको आयोजना गरी क्लव भवन निर्माणका लागि केही आर्थिक जुटेको क्लवका सचिव किसान विस्वकर्माले जानाकारी दिनु भएको छ |

क्लवले स्थानीय युवाहरुको साथ् लिएर देउसीभैलो कार्यक्रम सम्पन्न गरेकोले कार्यक्रम सफल भएको जनाएको छ | कलाकार, टेक्निसियन, बाद्द्यबादक लागायत गरि ६०/६५  जनाको सहभागीतामा देउसीभैलो सम्पन्न भएको र ४३ जना कलाकारहरुलाई जनही १५०० { पन्द्र सय } का दरले नगद र  सम्मान पत्र सहित सम्मान गरिएको क्लवका अध्यक्ष्य जगत गैरेले बताउनु भयो | सम्पूर्ण खर्च कटाएर क्लवको बचत खातामा १७४१८० (एक लाख चौरहत्तर हजार एक सय असी रुपैया ) रहेको र उक्त रकमलाई क्लव भवन निर्माणमा खर्च गर्नेछौ गैरेले भन्नु भयो |

यसैगरी क्लवले आयोजना गरेको देउसी भैलोलाइ क्लवको भवन निर्माणको लागि आर्थिक दान गर्नुहुने स्थानीयहरू प्रति व्यक्तिगत र सम्पूर्ण कल्व परिवार आभारी रहेको क्लवका अध्यक्ष जगत गैरेले बताउनुभयो | गैरेले देउसीभैलो कार्यक्रममा अहोरात्र खटेर साथ् दिनु हुने आफ्ना सम्पूर्ण साथीहरुलाई धन्यवाद समेत दिएका छन्  |

देउसीभैलो कार्यक्रम मार्फत कुल रु. ३,७२,१७० { तिन लाख बहत्तर हजार एक सय सत्तरी रुपैया } आर्थिक संकलन भएको र खर्च रु. १,९७,९९० ( एक लाख सन्तानब्बे हाजार नौ सय नब्बे रुपैया ) भएको क्लवले जनाएको छ |  जसअनुसार खर्चको विवरण तल उल्लेख  छ :

 

  • कलाकार प्रोत्साहन खर्च : ६४००० ( जनही १५ सयका दरले ४३ जनालाई )
  • साउण्ड सिस्टम खर्च : ४००००  ( प्रति दिन ८ हजारको दरले ५ दिन )
  • मिक्स्चर मर्मत खर्च   : १८३००  ( खसेर बिग्रेको कारण )
  • कलाकलर पोसाक भाडा : २४२२०  ( प्रति दिन ४०४० का दरले ६ दिन )
  • ठेलागाडा भाडा खर्च : ५०००   ( प्रति दिन एक हजारका दरले ५ दिन )
  • सम्मान पत्र खर्च : १८८१५  ( ७२ वटा सीसा फ्रेम सहित )
  • खादा र रातो पर्दा : ९५०
  • सम्पूर्ण खाजा खर्च : १३२५५ ( पुरा भैलो अवधी भर )
  • मादल र नाङ्लो खरिद : १४०५० ( मादल : ४ र नाङ्लो : ८ का दरले )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय